संखुवासभा, २९ भदौ। सङ्खुवासभाको खाँदबारीमा स्काइभेटरले किचेर खाँदबारी ८ का ८५ वर्षीय शहरबहादुर राईको आइतबार मृत्यु भएको छ।
सख्त घाइते भएका राईको तुम्लिङटारस्थित मनकामना अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।तुम्लिङटार–चेवाबेँशी सडकखण्डमा काम गर्दै गरेको स्काभेटरले शनिवार ती वृद्धलाई किचेको थियो। भोजपुर निवासी स्काभेटर चालक टीकाराम कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।



लाेकपाटी न्यूज
