भाइरल भिडियोप्रति मन्त्री भट्टराईको स्पष्टीकरण

yogesh_Bhattarai
लाेकपाटी न्यूज

काठमाडौं, २९ भदौ। कैलाली जिल्लाको टिकापुरमा आयोजना गरिएको डल्फीन महोत्सवमा भाग लिई फर्कने क्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईका कारण एक घण्टा जहाज रोकिएपछि विमानभित्रै उनीमाथि केही यात्रुहरु आक्रमक बने जुन भिडियो यतिबेला सामाजिक सञ्जालमा निकै भाईरल बनिरहेको छ।

भिडियो भाईरल बनेसँगै मन्त्री भट्टराईले यस बिषयमा स्पष्टीकरण दिएका छन्। उनले शनिबार कार्यक्रम सकेर फर्कने क्रममा केही ढिला भई जहाज रोकिन गएको स्वीकार गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा एक स्टाट्स लेख्दै उनले अप्रत्यक्षरुपमा राजावादी पक्षधर विमानभित्रै आफूमाथि आक्रमक बनेको उल्लेख गरेका छन्।

उनले शनिबार राति लेखेका छन् ‘आज कैलाली जिल्लाको टिकापुरमा आयोजना भएको डलफीन महोत्सवको कार्यक्रम सकेर बुद्ध एयरको धनगढीको अन्तिम उडानबाट काठमाडौं फर्कने मेरो योजना रहेको थियो। तर कार्यक्रम ढिला भएको कारण बुद्ध एयरसँग अनुरोध गरेर नेपालगंजको अन्तिम उडानबाट काठमाडौं फर्कनेक्रममा केहि ढिला हुन गएको सत्य हो। सबै यात्रुको बोर्डिङ भएको करिव १५ मिनेटमा हाम्रो टिमको बोर्डिङ भएको हो।‘भोली प्रतिनिधिसभामा माननीयहरुको प्रश्नको मैले जबाफ दिने कार्यक्रम रहेको कारण काठमाडौं फर्कन पर्ने दबाबमा म थिए।

नेपालगंज बिमानस्थलमा ३\४ जना व्यक्तीहरु आक्रमक शैलीमा मेराविरुद्ध प्रस्तुत हुनुभयो। एक जनाले पारसका विरुद्ध सातलाख हस्ताक्षर दरबारमा बुझाएर तैले हामीलाई कति दुःख दिएको छस् ? त्यो हामीले कहाँ बिर्सेंका छौ र ? सम्म भने। त्यो सुने पछि उनीहरुको नियत मैले बुझिहाले। सम्पूर्ण यात्रु तथा बुद्ध एयरले देखाएको समझदारीप्रति धन्यवाद व्यक्त गर्दछु’ । साथै उनले आफनो कारणले जहाज ढिला भएको भन्दै यात्रुहरुसमक्ष माफी पनि मागेका छन्।

Bhattrai

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्