किशोर श्रेष्ठ विश्व प्रेस काउन्सिलको महासचिव

Kishor Shrestha
लाेकपाटी न्यूज

काठमाडौं, २७ भदौ। विश्व प्रेस काउन्सिलको महासचिवमा किशोर श्रेष्ठ सर्वसम्मत  चयन भएका छन्। जरबैजानमा सम्पन्न सम्मेलनले श्रेष्ठलाई सर्वसम्मत महासचिवमा चयन गरेको हो।

प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्षसमेत रहेका श्रेष्ठ यसअघि विश्व प्रेस काउन्सिलको उपाध्यक्ष थिए। सम्मेलनमा नेपालका तर्फबाट सम्बोधन गर्दै श्रेष्ठले विश्वको पत्रकारिता क्षेत्रमा सामाजिक सञ्जालको चुनौतीबारे धारणा राख्दै विश्व प्रेस काउन्सिलले सामाजिक सञ्जाललाई नियमन र नियन्त्रणका लागि भूमिका खेल्नुपर्ने बताए।

विश्व प्रेस काउन्सिलमा टर्की, भारत, श्रीलंका, केन्या, तान्जानिया, जिम्बाब्वे, अजरबैजान, इराक, कोसोभो, म्यासेडोनिया, बाङ्लादेश, साइप्रस, सेसेल्स, हवाइ (अमेरिका), म्यान्मारसहितका राष्ट्र रहेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्