काठमाडौं, २७ भदाै। सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडक खण्डको सिद्धबाबा क्षेत्रमा गएको पहिरोमा २ वटा जिप पुरिएका छन् । प्रहरीका अनुसार लु १ ज २६१७ र लु १ ज ५९३८ नम्बरका २ वटा जिप पहिरोमा पुरिएका हुन् ।
सडक माथिबाट खसेकाे पहिरोमा पुरिएर १ जनाको मृत्यु भएको छ । अन्य ४ जना घाइते भएकाे इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
प्रहरीका अनुसार मृत्यु हुने व्यक्तिमा कमल परियार रहेका छन् । उनी पहिरोमा पुरिएकाे जिपकाे चालक रहेका जनाइएको छ । पहिरोमा पुरिएर घाइते भएका अन्य ४ जनाको भने नाम खुलेको छैन ।



लाेकपाटी न्यूज
