दशैंकाे अग्रिम टिकट बुकिङ असाेज ५ गतेबाट

लाेकपाटी न्यूज

काठमाडाैं, २६ भदाै। आगामी असोज ५ गतेबाट दशैंका लागि अग्रिम टिकट बुकिङ खुला गरिने भएको छ। बिहीबार यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच भएको छलफलले असोज ५ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो।

केही दिनअघि विभागले भदौ २५ गतेबाट दशैंका लागि घर जान अग्रिम टिकट बुकिङ खुला गर्ने भनेको थियो। तर, व्यवसायीले सीमित कारण देखाउँदै सो विषयमा पुनः छलफलको माग राखेका थिए।

सोहीअनुसार बिहीबारको बैठकले असोज ५ गतेदेखि टिकट बुकिङ खोल्ने सहमति गरेको यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए।

महासंघले टिकट काउन्टरमा बस्ने कर्मचारीहरुलाई पहिचान खुल्ने गरी पोशाक लगाउन समेत निर्देशन दिएको छ। महासंघको आज बसेको बैठकले टिकट काउन्टरमा बस्ने कर्मचारीहरुलाई उक्त निर्देशन दिएको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्