डेंगु रोगबारे जानकारी गराउन सरकारलाई सभामुखको रुलिङ

Krishna Bdr Mahara
लाेकपाटी न्यूज

काठमाडौं, २६ भदौ। संघीय संसदको प्रतिनिधिसभाले डेंगु रोगको महामारीका बारेमा जानकारी गराउन सरकारलाई रुलिङ गरेको छ।

बिहीबार (आज) बसेको प्रतिनिधिसभा बैठकमा सभामुख कृष्णबहादुर महराले डेंगु रोगका विषयमा संसदमा आवाज उठेको भन्दै यस विषयमा संसदमा जानकारी गराउन सरकार र स्वास्थ्यमन्त्रीलाई रुलिङ गरेका हुन्।

डेंगु रोग देशका धेरै जिल्लामा फैलिएर महामारिको रुप लिएको भन्दै यसअघिका संसद बैठकमा सांसदहरुले यस बारेमा जानकारी गराउन माग गर्दै आएका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्