विप्लव नेकपाका जिल्ला सचिव पक्राउ

biplob
लाेकपाटी न्यूज

पाँचथर, २६ भदौ। सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सचिवलाई प्रहरीले पक्राउ गरेको छ।

पाँचथरको फाल्गुनन्द गाउँपालिका घर भएका उक्त नेकपाका जिल्ला सचिव विजय नेम्वाङलाई प्रहरीले फिदिम नगरपालिका वडा नं १४ लुङरुपाबाट पक्राउ गरेको हो। नेम्वाङलाई पाँचथर जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमूख प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले जानकारी दिए।

स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारी, उद्योगी व्यवसायी र सङ्घसंस्थामा धम्की दिँदै चन्दा माग गरेको आरोप लागेका नेम्वाङलाई प्रहरीले खोजी गर्दै आएको थियो।