‘गन स्प्रे’ गर्दै बस्ती छिरे सांसद बस्नेत

Dangu-Mahesh1
लाेकपाटी न्यूज

भक्तपुर, २५ भदौ। सत्तारुढ दल नेकपालका सांसद महेश बस्नेत लामखुट्टे मार्ने मेसिन लिएर बस्तीभित्र पसेका छन्। डेंगुले उपत्यकाभित्रै महामारीको रुप लिइरहेका बेला उनी डेंगुविरुद्धको अभियानमा लामखुट्टे सखाप पार्ने मेसिन लिएर मनहराको सुकुम्बासी बस्ती पुगेका हुन्।

आफ्नो क्षेत्रमा डेंगु फैलिन नदिन बिहानैदेखि फगर मेसिन बोकेर हिड्ने गरेको सांसद बस्नेत बताएका छन्। ‘तीन दिनदेखि हामीले मेसिन लिएर लामखुट्टे बढि हुने बस्ती, पानी जमेका ठाउँ, मोटर ग्यारेज, टायरहरु भएको ठाउँमा पुगिरहेका छौं। स्थानीय साथीहरुले आग्रह गरेकाले धेरैजसो ठाउँमा म आफैं गइरहेको छु। यो निकै प्रभावकारी भएको छ,’ उनले भने।

उनी सोमबारदेखि बन्दुक आकारको मेसिन लिएर गाउँ बस्तीमा विषादी छर्किदै हिँडेका छन्। उनका अनुसार कोरियन कम्पनीबाट निर्मित दुईवटा मेसिन यो अभियानमा प्रयोग भइरहेको छ। मेसिनमा पानी र लामखुट्टे मार्ने औषधिको मात्रा मिसाएर प्रयोग गरिएपछि धुँवा निस्कन्छ र सो धुँवाको कारण लामखुट्टे मात्र नभएर भुसुना र अन्य घातक किराहरु पनि मर्छन्।

यसमा डिजेल, पेट्रोल र जिभ्यान नामक किटनाशक औषधि मिसाएर ‘गन स्प्रे’ गरिन्छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्