भारतसँग जोडिएका खुला सीमा बन्द गरौं : पम्फा भूसाल

Pampha Bhusal
लाेकपाटी न्यूज

काठमाडौं, २५ भदौ। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद पम्फा भुसालले खुला सीमा बन्द गर्नु पर्ने प्रस्ताव गरेकी छन्। आजको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले सीमा बन्द गरी आवागमनमा निगरानी गर्नु पर्ने बताएकी हुन्।

उनले भनिन्, ‘बोर्डर बन्द गर्नुपर्छ, आवागमनमा निगरानी गर्नुपर्छ। नाका निश्चित गरौं। अहिले नै भिसाको व्यवस्था गर्न गाह्रो हुन सक्छ,’ उनले अघि भनिन्, ‘सामान्य आफ्नो परिचयपत्र देखाएर आवतजावतलाई सहज बनाउन तर खुला बोर्डर बन्द गर्नु पर्छ।’

भारतले नेपालको सीमा मिच्ने काम बढाउँदै लगेकोले त्यसलाई रोक्न पनि दुई मुलुकबीचको सीमा नाका बन्द गर्नुपर्ने उनले बताइन्।भारतीय किसानले नभइ सीमा सुरक्षा बल एसएसबीले हरेक वर्ष सीमा स्तम्भ सार्ने गरेको भन्दै सांसद भुसालले सीमा क्षेत्र नजिक नेपाली सेनालाई राख्नु पर्ने प्रस्ताव गरिन्। ‘नेपाली सेनालाई बोर्डर नजिक राखौं, ठेक्का अरुलाई दिए पनि हुन्छ ,’ उनले भनिन्।

नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कंडेलले भने सीमामा अपराध बढेको छ भन्दैमा सीमा शील गर्ने भनेर २ देशको सम्बन्ध बिगार्न नहुने बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्