सरकारले पूर्वाधार विकासको कामलाई योजनावद्ध ढंगले अघि बढाएको छ : मन्त्री बाँस्कोटा

Gokul Baskota
लाेकपाटी न्यूज

काठमाडौं, २५ भदौ । संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सूचना प्रविधिको विकासका लागि सरकारले पूर्वाधार विकासको कामलाई योजनावद्ध ढंगले अघि बढाएको बताएका छन्।

सरकारले सूचना तथा प्रविधिको विकासमा विशेष जोड दिएको बताएका हुन्। मन्त्री बाँस्कोटाले विद्युतीय प्रविधिको प्रयोगबाट सरकारले स्मार्ट सिटी निर्माणको कामलाई पनि अघि बढाएको पनि स्पष्ट पारे।

ग्लोबल इन्टरप्राइज टेक्नोलोजी फोरमले बुधबार काठमाडौं आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री बाँस्कोटाले  विद्युतीय प्रविधिको प्रयोगबाट सबै स्थानीय तहमा आर्थिक कारोबारको अभिलेख राख्ने प्रविधिको विकासमा सरकारले आवश्यक पहल गरिरहेको बताए। मन्त्री बास्कोटाले विज्ञान र प्रविधिको विकासबाटै मुलुकलाई समृद्ध बनाउने संकल्प सरकारले लिएको बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्