एनआरएन अध्यक्षमा उम्मेदवारी शूल्क १२ लाख (सूचिसहित)

NRN
लाेकपाटी न्यूज

काठमाडौं, २४ भदौ। गैरआवसीय नेपाली संघ (एनआरएन) को अध्यक्ष पदको उम्मेदवारीका लागि रु. १० लाख शूल्क तोकिएको छ। संघको नवौं सम्मेलनमा उम्मेदवार हुनका लागि विभिन्न पदका लागि शूल्क निर्धारण गरिएको छ।

संघ नवौ विश्व सम्मेलनको पूर्वसन्ध्यामा छ। विभिन्न देशबाट संस्थाको विभिन्न पदका लागि धमाधम उम्मेदवारी घोषणा गर्ने क्रम जारी छ। तर, त्यहि निर्वाचनको पूर्वसन्ध्यामा एनआरएनए निर्वाचन समितिका संयोजक तर्फबाट शिव प्रसाद रिजालको नामबाट संस्थाको विभिन्न पदमा निःशुल्क रुपमा फेसबुकको भित्तोमा छरपष्ट एनआरएनएको विभिन्न पदमा उम्मेदवारी दिए भनेर पोस्ट गर्नेहरुका लागि मुटु नै कपाउने सूचना जारी गरिएको छ ।

जसमा निर्वाचनमा उठ्नेहरुले मनोनयनका लागि बुझाउनुपर्ने शुल्कको लिस्ट बाहिर आएको छ। उक्त लिस्टका कारण एनआरएनएका नेताहरु भित्रै मत बाझिएको बुझिएको छ। केन्द्रकै पदाधिकारीले यो गलत निर्णय रहेको बताएका छन्।

कुन उम्मेदवारले कति तिर्नुपर्छ ?

अध्यक्ष – १०००० अमेरिकी डलर
उपाध्यक्ष तथा महासचिव – ६००० अमेरिकी डलर
सचिव तथा कोषाध्यक्ष – ५००० अमेरिकी डलर
सहकोषाध्यक्ष – ४००० अमेरिकी डलर
महिला तथा युवा संयोजक – ३५०० अमेरिकी डलर
क्षेत्रीय संयोजक – ३५०० अमेरिकी डलर
क्षेत्रीय उपसंयोजक – २५०० अमेरिकी डलर
क्षेत्रीय महिला तथा युवा संयोजक –२५०० अमेरिकी डलर
आइसिसी सदस्य – १००० अमेरिकी डलर

निर्वाचन सम्बन्धी नियमावली २०१९ को नियम ८.३ ले दिएको अधिकार प्रयोग गरी अन्तराष्ट्रिय कार्यकारी सचिवालयको निर्णय सहितको सिफारिसको आधारमा निर्वाचन समितिले उम्मेदवारहरुको मनोनयन शुल्क निर्धारण गरेको बताइएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्