काठमाडौं, २४ भदौ । नेपाल भ्रमण पूरा गरी चीनका विदेशमन्त्री वाङ यी आज स्वदेश फर्किएका छन्। आइतवार काठमाडौं आएका चिनियाँ विदेशमन्त्री वाङ तीन दिने भ्रमण सकेर स्वदेश फर्किएका हुन्।
वाङले आज बिहान नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग छुट्टाछुट्टै भेटवार्ता गरे ।
यसैबीच परराष्ट्र मन्त्रालयले एक वक्तव्य जारी गरेर परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चिनियाँ समकक्षी वाङसँग प्रतिनिधिमण्डल स्तरको भेटवार्ता गरेको जनाएको छ। दुबै परराष्ट्रमन्त्रीले दुई देशबीचको सबै महत्वपूर्ण पक्षबारे पुनरावलोकन गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।



लाेकपाटी न्यूज

