चिनियाँ विदेशमन्त्री यी र देउवाबीच भेटवार्ता, यी विषयमा भयो छलफल

deuba_and_wang
लाेकपाटी न्यूज

काठमाडौं, २४ भदौ। प्रमूख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेपालको तीन दिने औपचारिक भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको छ।

देउवा र वाङबीच मंगलबार बिहान भेटवार्ता भएको हो। चिनियाँ विदेशमन्त्री यीलाई भेट्न सभापति देउवा नक्सालस्थित होटल मेरिना पुगेका थिए।

भेटमा नेपाल-चीन सम्बन्ध, विकास साझेदारी र चीनको आर्थिक सहयोगमा सञ्चालित नेपाली परियोजनालगायतका विषयमा छलफल भएको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए। विदेशमन्त्री यीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष प्रचण्डलगायतसँग पनि भेटवार्ता गरेका छन्।