दुबै देशका प्रधानमन्त्रीद्वारा नेपाल-भारत पेट्रोलियम पाइपलाइनको उद्घाटन

nepal_bharat_petrolium_pipeline_opening
लाेकपाटी न्यूज

काठमाण्डौं, २४ भदौ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको आज उद्घाटन गरिएको छ। दक्षिण एसियाकै पहिलो क्रस बोर्डर पेट्रोलियम पाइपलाइनका रूपमा रहेको यो पाइपलाइनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रूपमा उद्घाटन गरेका हुन्।

पाइपलाइनको प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री कार्यालय सिंहदरबार र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीस्थित हैदराबाद हाउसबाट संयुक्त रुपमा स्विच थिचेर उद्घाटन गरेका हुन्। भिडियो कन्फरेन्सिङमार्फत् दुबै देशका प्रधानमन्त्रीले संयुक्त रुपमा परियोजनाको उद्घाटन गरेका हुन्। इलेक्ट्रिक स्विच थिचेर उद्घाटन गरेसँगै पाइपमार्फत् डिजेल आउन सुरु भएको छ।

२०६१ मा नेपाल र भारतबीच भएको सम्झौतानुसार पाइपलाइन निर्माण भएको हो। पाइपलाइनको २०७४ चैतमा प्रधानमन्त्री ओलीको भारत भ्रमणका क्रममा दुबै देशका प्रधानमन्त्रीले संयुक्त रुपमा स्विच थिचेर शिलान्यास गरिएको थियो । पाइपलाइनमार्फत् प्रतिघण्टा दुई सय किलोलिटर इन्धन अमलेखगन्जको डिपोमा खसाल्न सकिने निगमले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्