काठमाडौं, २४ भदौ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य वामदेव गौतमलाई डेंगु लागेको आशंका गरिएको छ। उनले सोमबार टेकु अस्पताल पुगेर डेंगु परीक्षण गराएका थिए।
शनिबारबाट उच्च ज्वरो आएपछि डेंगुको आशंकामा उनी अस्पताल पुगेका थिए। केहि समयअगाडि सिंगापुर पुगेका गौतमलाई त्यहीबाट संक्रमण भएको हुनसक्ने चिकित्सकहरुले अनुमान गरेका छन्। यसअघि कृषिमन्त्री चक्रपाणी खनाललाई पनि डेंगु देखिएको थियो।



लाेकपाटी न्यूज

