डेंगु रोगको संक्रमण बढ्दै, डेंगुबाट बच्न यस्तो छ चिकित्सकको सुझाव

Dango pic
लाेकपाटी न्यूज

काठमाडौं, २४ भदौ। डेंगुको संक्रमण देशभर फैलिनेक्रम बढेको छ। फैलिनेक्रम बढे पनि समयमा नै उपचार गरिए सहज रूपमा निको हुने चिकित्सकले बताएका छन्।

डेंगुको प्रकोप एक्कासि बढ्दा सर्वसाधरणमा अत्यधिक त्रास देखिन थालेको छ तर समयमा नै उपचार गरे रोगको जोखिमबाट पूर्ण रूपमा बच्न सकिने भएकाले त्रास नमान्न र डेंगुको लक्षण देखिना साथ समयमा नै अस्पताल गएर उपचार गर्न चिकित्सकको सुझाव छ।

सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले डेंगु हुँदैमा आत्तिन नपर्ने बताए। डा. पुनले लक्षण देख्नासाथ अस्पताल पुगेर परिक्षण गरी औषधि सेवन गरे यो रोग सहज रूपमा निको हुने बताए। उनले भने, ‘शरीरका जोर्नीहरूको दुखाइ अत्यधिक हुन्छ । ८÷१० दिनसम्म पीडा हुन्छ, धेरैजसो संक्रमित हुने मात्रै हो।

तर, आत्तिनुपर्दैन ।’ डा. पुनका अनुसार डेंगु संक्रमण गराउने लामखुट्टे बिहान ९ देखि १२ र दिउँसो ३ देखि ७ को बीचमा मात्रै बढी सक्रिय हुने बताए।

यस्ता लक्षण देखिए तुरुन्त अस्पताल जाऔं

–ज्वरो आउने
–आँखाको गेडी दुख्ने
–शरीरमा डाबर आउने
–बेस्सरी टाउको दुख्ने
–अरुचि हुने
–पेट तथा आन्द्रामा गडबडी हुने
–जोर्नी तथा मांसपेशी बेस्सरी दुख्ने

बच्ने उपाय

–लामखुट्टेको टोकाइबाट जोगिनु
–झ्याल तथा ढोकामा जाली लगाई बन्द राख्ने
– पूरा शरीर ढाकिने गरी कपडा लगाउने
–राति र दिउँसो पनि झुलभित्र सुत्ने

कसरी सर्छ ?

डेंगु ज्वरो एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो। डेंगुको भाइरसबाट संक्रमित लामखुट्टेको टोकाइले यो रोग सार्छ। यो लामखुट्टेले विशेषगरी दिउँसो मात्र टोक्ने गर्छ। बर्सातको समयमा सुरु भएपछि डेंगु ज्वरोको प्रकोप बढ्न थाल्छ। यो समाचार आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्