संसदमा प्रस्तुत विधेक तत्काल सच्चाउ : कांग्रेस

congress
लाेकपाटी न्यूज

काठमाडौं, २३ भदौ। नेपाली काँग्रेसले तीन वटा विधेयक सच्याउन माग गरेको छ। नेपाली काँग्रेसका प्रमूख सचेतक बालकृष्ण खाँडले सोमबार विज्ञप्ति जारी गर्दै सरकारले संघीय संसदमा प्रस्तुत गरेका तीन विधेयक सच्चाउन माग गरो हुन्।

उनले सम्बन्धित विषयगत समितिहरुमा छलफलका क्रममा रहेका ‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’, ‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’, ‘सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सच्याउन माग गरेका हुन्। काँग्रेस सांसदले संविधान प्रतिकूल भन्दै यी विधेयकहरुमाथि संशोधन प्रस्ताव राख्नुका साथै समिति एवं उपसमितिहरुमा फरक मत राख्दै आएका छन्। तर, संशोधन प्रस्ताव र फरक मतप्रति सरकार संवेदनशील नभएको बताएको छ।

‘नेपालको संविधानको प्रस्तावना, प्रावधान र व्यवस्थालाई उलङ्घन गर्दै संविधान प्रतिकूलका कुनै पनि विधेयकहरु नेपाली कांग्रेसलाई स्वीकार्य छैन। तसर्थ संविधानको व्यवस्था र भावनाको प्रतिकूल हुने गरी प्रस्तुत भएका विधेयकहरुलाई तत्काल सच्चाउन नेपाली कांग्रेस जोडदार माग गर्दछ’, काँग्रेसका प्रमुख सचेतक खाणले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।