जाजरकोट, २३ भदौ। जाजरकोटमा भाइरल ज्वरोले १ किशोरीको मृत्यु भएको छ। बारेकोट गाउँपालिका ६ टाँसीधुमा घर भई सदरमुकाम खलङ्गा थाप्लेमा बस्दै आएकी १४ वर्षीया आशा विकको मृत्यु भएको हो ।
ज्वरो आउने, घाँटी, टाउको र हातखुट्टा दुख्नेलगायत समस्या देखिएपछि उनी जिल्ला अस्पतालमा एक साता अघि उपचारका लागि भर्ना भएकी थिइन्।
एक सातासम्म पनि उनको अवस्थामा सुधार नआएपछि अस्पतालले नेपालगञ्ज ‘रिफर’ गरेको थियो। उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको आफन्त गणेश विकले बताए।



लाेकपाटी न्यूज

