विप्लव नेकपाले झापा विस्फोटको जिम्मा लियो

biplab netra bikram chand
लाेकपाटी न्यूज

झापा, २३ भदौ। नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले झापाको गौरादह र बिर्तामोडमा गराइएको बम विस्फोट घटनाको जिम्मेवारी लिएको छ। विप्लव नेतृत्वको नेकपाका झापा जिल्ला सेक्रेटरी मनिषले उक्त घटनाको जिम्मेवारी दिएका हुन्।

पत्रकारलाई फोन सेक्रेटरी मनिषले जनताको पैसामा मस्ती गर्ने जनप्रतिनिधिविरुद्ध कारबाही स्वरुप बम विस्फोट गराइएको उल्लेख गर्दै घटनाको जिम्मेवारी लिएका हुन्। उनले जनताको पैसामा गाडी चढ्ने, बेरुजु रकम बढाउने, भ्रष्ट्राचार र अनियमितता गर्ने भ्रष्ट नेतृत्व विरुद्ध जनताकै पक्षमा कारबाही सुरु गरेको बताए।

जनताको लगानीमा आफू मालिक भएर राज्यका नीति अनुसार सहकारीको नियम विपरीत सहकारी चलाउने र जनतालाई ऋणको भार थपेर आत्महत्याको बाटोतर्फ प्रेरित गर्ने ठूला सहकारीविरुद्ध पार्टीले कारबाही अभियान सुरु गरेको मनिषले बताए।

उनले सोही कारबाही अभियान अन्तर्गत गौरादह नगरपालिकाको गाडी र बिर्तामोडको सहारा नेपाल सहकारी संस्थाको भवनलाई लक्षित गरी बम विस्फोट गराइएको बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्