डेड किलो सुनसहित तीन पक्राउ, तस्करीको नयाँ शैली

gold-pakrau_sun
लाेकपाटी न्यूज

काठमाडौं, २३ भदौ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब डेड किलो सुनसहित तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा तनहुँका होमबहादुर गुरुङ, मोरङ पथरी अनिल लुइँटेल र सोही ठाउँका भोजराज घिमिरे रहेका छन्।

होमबहादुर गुरुङ कतारको दोहाबाट हिमालय एयरलाइन्सको उडान नं. एच९५६४ को जहाजमा त्रिभुवन विमास्थल उत्रिएका थिए। उनको साथमा १ किलो ४ सय ग्राम अवैध सुन भेटिएको थियो। कस्ट अन एरियामा जाँचका क्रममा उनी पक्राउ परेको प्रहरीले जनाएको छ।

उनले मसला पिँध्ने ओखलमा उक्त सुन लुकाएर ल्याएका थिए। अनुसन्धानका क्रममा गुरुङ तनहुँ चिपचिपे ७ का बासिन्दा रहेको खुलेको छ। उनीसँगै पक्राउ परेका अन्य दुई जना भने सुन लिन विमानस्थल गएको बेला विमानस्थल प्रहरीले पक्राउ गरेका हो।

उनीहरु दुवैलाई विमानस्थल भन्सारमा बुझाइएको प्रहरीले जनाएको छ। प्रहरीले तीनै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। केही दिनअघि पनि मासु काट्ने छुरीको बिँडमा लुकाएर ल्याएको अवस्थामा चार सय ८० ग्राम सुन बरामद भएको थियो।

Tags
प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्