तीन महिलाको १३ लाखका गहना चोरी

gold pic
लाेकपाटी न्यूज

काठमाडाैं, २२ भदाै। काठमाडौं महानगरपालिका–३२ नरेफाँटमा तीन जना महिलाका करिब १३ लाख रुपैयाँको गहना चोरी भएको छ।

नरेफाँटमा डेरा गरी बस्ने काभ्रे बनेपाकी एलिसा सिग्देल, शोभा सापकोटा र सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका–५ की स्मृति गौतमको कोठाबाट शनिबार बेलुका नगद तथा विभिन्न सुन र चाँदीका गहना गरी करिब १२ लाख ९८ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको हो।

चोरीमा संलग्न व्यक्तिहरूको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्