काठमाडौं, २२ भदौ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रीपरिषदको बैठक बोलाएका छन्। सिंगापुरमा उपचार गराएर फर्किएपछि उनको प्रत्यक्ष उपस्थितिमा आज मन्त्रीपरिषद बैठक बस्न लागेको हो।
प्रधानमन्त्री ओलीले साढे १२ बजेका लागि मन्त्रीपरिषदको बैठक बोलाएको उनको निजी सचिवालयले जनाएको छ। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ।
उपचारका लागि सिंगापुर रहादा उनले दुई पटक मन्त्रीपरिषद सदस्यसँग भिडियो कन्फ्रेन्समार्फत छलफल गरेका थिए।उपचार सकिएपछि उनी शुक्रबार स्वदेश फर्किएका हुन्।
बैठकमा पछिल्लो राजनीतिक अवस्थाबारे छलफल हुने जनाइएको छ।



लाेकपाटी न्यूज

