काठमाडौं, २२ भदौ। जल तथा मौसम पूर्वानुमान महाशाखाले मुलुकका केही स्थानमा मेघ गर्जनसहित चट्याङको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।
पूर्वानुमान महाशाखाले आइतबार आज देशभरी आंशिकदेखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जनसहित चट्यांङको सम्भावना रहेको जनाएको छ।
केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको जनाएको छ। त्यस्तै आइतबार राति देशभरी सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्यांङ सहित हल्का देखि मध्यम वर्षा हुनेछ।



लाेकपाटी न्यूज
