जनकपुरधाम, २१ भदौ। संघीय सरकारका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र यादवले ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच गरेका छन्।
निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण कार्यक्रमलाई उद्घाटन पुगेका राज्यमन्त्री यादव स्वयमले जनपुरस्थित जानकी वृद्धाश्रमका ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच गरेका हुन्।
आज ब्युटिसियन एसोसिएशन धनुषाले आश्रमका वृद्धाहरुको लागि राखेको निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण कार्यक्रमको आयोजना गरेको थियो। आश्रममा बसिरहेका १६ जना ज्येष्ठ नागरिकको राज्यमन्त्री यादवले स्वास्थ्य जाँच गरेका हुन्।
जनकपुरधाम उपमहानगरपालिका–८ स्थित जानकी वृद्धाश्रम सञ्चालन गर्न सरकारले ध्यान नदिएको गुनासो गरेका छन्। अहिले उक्त वृद्धाश्रम दातामाथि निर्भर छ।



लाेकपाटी न्यूज
