गीतमार्फत् चर्काे शूल्ककाे विराेध

cmc
लाेकपाटी न्यूज

चितवन, २१ भदौ। भरतपुरको चितवन मेडिकल कलेजले मेडिकल शिक्षामा तोकिएको भन्दा चर्को शुल्क असुलेको भन्दै विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन्। सरकारले तोकेको भन्दा बढी शुल्क अवैध रुपमा उठाएर लुट मच्चाएको भन्दै विद्यार्थी आन्दोलित भएका हुन्। आन्दोलित विद्यार्थीहरुले चितवन मेडिकल कलेज परिसरमा नै नाराबाजी गरेका हुन्।

अतिरिक्त शुल्क असुलेको विरोधमा आन्दोलित बनेको चिकित्सा शिक्षा संघर्ष समितिले सीएमसीको कैलाशनगर र अस्पतालको क्लिनिक ब्लकमा बुधबार तालाबन्दी समेत गरेका थिए। तर, उक्त ताला बुधबार रातिनै प्रहरी लगाएर कलेज प्रशासनले तोडेको संघर्ष समितिका संयोजक प्रकाश चन्दले बताए।

संघर्ष समितिले लामो समयदेखि चर्को शुल्क असुलेको भन्दै पटकपटक आन्दोलन गरे पनि यस पटकको आन्दोलन निष्कर्षमा पुग्ने गरी जारी राखिएको चन्दले बताए। समितिले देशभर आन्दोलनको तयारी गरिरहेको छ। आन्दोलनमा प्रहरीले धरपकड र दमन गरेपछि बिधार्थीहरु झन सशक्त आन्दोलित भएको समितिले जनाएको छ। आन्दोलनलाई रचनात्मक बनाउन आकास चौधरीले गित मार्फत खबरदारी गरेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्