चन्द्रमामा पठाएको चन्द्रयान सम्पर्कबिहीन

Chandrayaan pic
लाेकपाटी न्यूज

काठमाडौं, २१ भदौ। भारतले चन्द्रमामा पठाएको चन्द्रयान- २  सम्पर्कबिहीन  भएको छ। चन्द्रयान-२ चन्द्रमामा अवतरण गर्ने बेलादेखि  सम्पर्कबिहीन  भएको छ।

प्राविधिक कारणले एक हप्तासम्म स्थगित गरिएको चन्द्रयानलाई भारतले गत साउन ६ गते अन्तरिक्षमा पठाएको थियो। भारतीय अन्तरीक्ष अनुसन्धान संगठन (इसरो) का अनुसार राति साढे १ बजेदेखि २ बजेको बीचमा चन्द्रमामा अवतरण गराउने योजना अनुसार काम भएपनि अवतरण गर्नै लागेपछि सम्पर्क टुटेको हो।चन्द्रयान-२ को सफल अवतरण र उसले गर्ने अनुसन्धान हेर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भारतीय अन्तरीक्ष अनुसन्धान संगठन (इसरो) को कार्यालय पुगेका थिए।

तर, अन्तिम समयमा प्राविधिकहरुले सम्पर्क टुटेको खबर सुनाएपछि उनी निराश हुँदै फर्किएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन्। इसरोका अध्यक्ष के.सिवनले चन्द्रमा नजिकै पुगेको बेला सम्पर्क टुटेको जानकारी गराउँदै भने, ‘चन्द्रमाको सतहभन्दा २.१ किलोमिटरसम्ब सबै सामान्य थियो, तर त्यसपछि सम्पर्क टुट्यो । अब डाटाको समीक्षा गरिँदै छ ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्