सिन्धुपाल्चोक, २० भदौ। सुन बेचेर शौचालय निर्माण गर्ने सुन्ठी तामाङलाई शुक्रबार एक कार्यक्रमका बीच सम्मान गरिएको छ। सिन्धुपाल्चोक निवासी तामाङले खुल्ला दिसामुक्त जिल्ला घोषणा अभियानमा सकारात्मक सन्देश प्रवाह गरिएको भन्दै सम्मान गरिएको हो।
तामाङलाई सिन्धुपाल्चोक जिल्लालाई ६८ औं खुल्ला दिसामुक्त जिल्ला घोषणा समारोहमा खानेपानी मन्त्री बिना मगरले सम्मान गरेकी हुन्। कार्यक्रममा बोल्दै मन्त्री मगरले सुन बेचेर शौचालय बनाएको सुन्ठी तामाङको कदम सबैका लागि प्रेरणा भएको बताइन्।
२०७२ सालको विनाशकारी भूकम्पपछि सिन्धुपाल्चोकका झण्डै ६३ हजार घर ढलेका थिए। घरसँगै शौचालय पनि ढलेपछि तामाङले आफूले लगाएको सुन बेचेर शौचालय बनाएकी थिइन्।



लाेकपाटी न्यूज
