वासु स्मति दिवस धुम्बाराहीमा मनाउने तयारी

Communist Party Nekapa
लाेकपाटी न्यूज

काठमाडौं, २० भदौ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले २०७६ भदौ २३ गते बिहान ७:४५ बजे पार्टी कार्यालय धुम्बाराही काठामाण्डौंमा एक भव्य कार्यक्रम गरेर वासु स्मृति दिवस मनाउने निर्णय गरेको छ।

उक्त कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षको प्रमूख आतिथत्यता रहनेछ भने पार्टीका सबै शीर्ष नेताहरुको उपस्थिति रहने नेकपाका वरिष्ठ केन्द्रीय सदस्यले जानकारी दिए। २०५६ साल भदौ २३ गते गोरखाको गाँखु गाविसमा वाग्लेको गोली हानी हत्या गरेका थिए। उनलाई प्रहरीले नियन्त्रणमा लिई गोली हानी हत्या गरेको थियो।

जनयुद्धको क्रममा उच्च शहादत प्राप्त एकीकृत नेपाल कम्युनिस्ट पार्टी माओवादीका तत्कालिन वैकल्पिक पोलिटब्युरो सदस्य सुरेश वाग्ले (वासु) को जन्म गोरखाको पालुङटार स्थित रातडाँडा भन्ने गाउँमा वि.सं. २०१० साल भाद्र २८ गते बुधबारका दिनमा स्वर्गीय पिता भोजराज वाग्लेका जेष्ठ सुपुत्रका रुपमा स्वर्गीय माता दुर्गादेवी वाग्लेको कोखवाट भएको थियो।