काठमाडौं, २० भदौ। जिम्बाब्वेका पूर्व राष्ट्रपति रोबर्ट मुगाबेको निधन भएको छ। मुगाबेको ९५ वर्षको उमेरमा मृत्यु भएको हो। मुगाबे जिम्बाब्वे स्वतन्त्र भएपछि देशको पहिलो प्रधानमन्त्रीमा निर्वाचित भएका थिए। पछि उनी राष्ट्रपति बनेका थिए। उनले तीन दशक देशमा शासन गरेका थिए।
उनी केही समयदेखि बिरामी थिए र उनको गत एप्रिलदेखि सिङ्गापुरमा उपचार भएको बीबीसीले उल्लेख गरेको छ। सन् २०१७ को नोभेम्बरमा देशको सेनाले उनलाई अपदस्थ गरेको थियो। उनलाई सेनाले नजरबन्द गरेको थियो। जिम्बाब्वेका शिक्षासचिवले मुगाबेको मृत्युमा शोक प्रकट गर्द ट्वीट गरेका छन्।



लाेकपाटी न्यूज

