शैक्षिक संस्थामा विप्लव नेकपाद्वारा बम विष्फोट

bomb
फाइल तस्बिर
लाेकपाटी न्यूज

सुनसरी, २० भदौ। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले सुनसरीका दुई शैक्षिक संस्थामा बम बिष्फोट गराएका छन्। सुनसरीको इटहरी उपमहानगरपालिकास्थित सुष्मा गोदावरी कलेज र धरान उपमहानगरपालिकास्थित दिल्ली पब्लिक स्कूलमा बिहीबार मध्यराति विप्लव नेकपाले बम बिष्फोट गराएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले जानकारी दिए।

सुष्मा गोदावरी कलेजको गेटमा र दिल्ली पब्लिक स्कूलको बाहिरको भागमा बिष्फोट गराएको प्रहरीले जनाएको छ। विष्फोटबाट समान्य क्षति भएको प्रहरीले जनाएको छ ।

बम बिष्फोट गराएर स्थानीयवासीमा डर, त्रासको अवस्था सिर्जना गर्ने र चन्दा आतङ्क मच्चाउने योजनाको साथ शैक्षिक संस्थामा बिष्फोट गराएको हुन सक्ने सुनसरीका प्रहरी नायब उपरीक्षक शर्माले बताए। विप्लव नेकपका नाइके पक्राउ परेपछि उनीहरुले नै बिष्फोट गराएको प्रहरी नायब उपरीक्षक शर्माको भनाइ छ। घटनाको विषयमा अनुसन्धान भइरहेको उनले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्