काठमाडौंमा डेंगु रोगको संक्रमणबाट दनुवारको मृत्यु

Dango pic
लाेकपाटी न्यूज

काठमाडौं, १९ भदौ। डेंगु रोगको संक्रमणबाट काठमाडौंमा एक जनाको मृत्यु भएको छ। सिन्धुपाल्चोकस्थित इन्द्रावती गाउँपालिकाका ६५ वर्षे रामबहादुर दनुवारको बिहीबार बेलुका काठमाडौंस्थित भेनस अस्पतालमा मृत्यु भएको हो।

ज्वरो आएपछि उपचारका लागि मंगलबार राजधानी आएर भेनस अस्पतालमा भर्ना भएका दनुवारको मृत्यु भएको इन्द्रावती १२ का वडाअध्यक्ष कमलरत्न दनुवारले जानकारी दिए। उनका अनुसार अस्पतालले डेंगुको संक्रमणबाट उनको मृत्यु भएको पुष्टी गरेको छ। टेकुस्थित शुक्रराज सरुवा रोग केन्द्रले समेत रामबहादुरको डेंगुको संक्रमणबाट भएको मृत्यु प्रमाणित गरेको कमलरत्नले बताए।

डेंगुको संक्रमणबाट एक जनाको मृत्यु भएपछि थप संक्रमण हुन सक्ने आशंकामा गाउँपालिकाले परीक्षणका लागि स्वास्थ्यकर्मीको टोली उनको गाउँ भिमटार पठाएको गाउँपालिकाका प्रमूख प्रशासकीय अधिकृत विनोद रोकाले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्