एजेन्सी। अफगानिस्तानको राजधानी काबुलको शास दराक क्षेत्रमा बिहीबार बम बिस्फोट भएको छ।अमेरिकी राजदूतावास नजिकै भएको बिस्फोटमा परी १२ जनाको मृत्यु भएको छ। दुर्घटनामा परी अन्य कैयौ व्यक्ति घाइते भएका छन्।
स्थानीय समयानुसार बिहीबार बिहान १०ः१० बजे भएको सो दुर्घटनाको आतंकवादी समूह तालिबानले बिस्फोटको जिम्मा लिएको छ। उक्त विस्फोट प्रहरीचौकी नजिकै भएको थियो। विस्फोट भएको सो स्थानमा राष्ट्रिय सुरक्षा निर्देशनालयको कार्यालय, अमेरिकी दूतावास र नेटोको नेतृत्वमा रहेका सेनाहरु रहेका थिए ।
अफगानिस्तानमा सरकारसँग द्वन्द्व जारी राखेका तालिबान लडाकू समूह र वासिङ्टनबीच शान्ति सम्झौता अन्तिम चरणमा पुग्न लागेको अस्थावमा अफगानिस्तानको राजधानीमा पुनःभीषण विस्फोट घटनाहरु भइररहेको छ । काबुलको आवासिय क्षेत्रमा गत सोमबार भएको यस विस्फोटमा परी कम्तीमा १६ सर्वसाधारण मारिएका छन् ।



लाेकपाटी न्यूज

