चितवन, १९ भदौ । मनकामना केबलकार पाँच दिन बन्द हुने भएको छ। मनकामना दर्शन प्रा.लि.ले सञ्चालन गर्दै आइरहेको मनकामनास्थित केबलकार आगामी भदौ २२ देखि मर्मत-सम्भारका लागि भन्दै पाँच दिन सेवा बन्द गर्न लागेको हो।
प्रा.लि.ले बिहीबार एक सूचना जारी गरी मुलह्विल लिनर चेन्जिङ, मेन मोटर सर्भिसिङ तथा रोप रिङस्प्लिसिङलगायतको मर्मतका लागि भदौ २२ देखि २७ गतेसम्म ५ दिनका लागि केबलकार बन्द रहने जनाएको छ। मनकामना दर्शनका लागि जाने दर्शनार्थीले मनकामना केबलकार प्रयोग गर्ने गरेका छन्। केबलकार २० वर्षअघि अस्ट्रियाको डोप्पलमेरले बनाएको थियो।
निश्चित अवधिमा आफूले बनाएका केबलकार अवस्थाबारे अनुगमन गर्ने गरेको छ। यहीअनुरूप त्यहाँबाट प्राविधिक टोली आएको र उसकै निगरानीमा मर्मत सम्भार हुन लागेको मनकामना दर्शन प्रा.लि.ले जनाएको छ।




लाेकपाटी न्यूज

