टाउको दुखेपछि प्रधानमन्त्रीको प्लाज्मा फेरेसिस रोकियो

PM_KP_Oli
लाेकपाटी न्यूज

काठमाडौं, १९ भदौ। प्रधानमन्त्री केपी शर्मा ओलीको प्लाज्मा फेरेसिस बिहीबार गरिने भएको छ। ७ पटक गर्नुपर्ने प्लाज्मा फेरेसिस हिजो (बुधबार) गर्ने तय भएको थियो।

तर, प्रधानमन्त्री केपी ओलीलाई टाउको दुखेपछि हिजो प्लाज्मा फेरेसिस हुन सकेन। ‘प्रधानमन्त्रीलाई टाउको दुखेपछि हिजो हुने भनिएको प्लाज्मा फेरेसिस हुन सकेन’ प्रधानमन्त्रीको सचिवाल श्रोतले भन्यो, ‘अब बिहीबार (आज) परीक्षण हुनेछ।’

श्रोतका अनुसार प्रधानमन्त्री ओली शुक्रवार फर्कने यसअघिको तयारी समेत प्रभावित भएको छ। ‘प्लाज्मा फेरेसिस सकिएपछि रिपोर्ट आउने छ र शुक्रवार आराम गरेर उहाँ शनिवार स्वदेश फर्कनु हुनेछ’ श्रोतले भन्यो। शरीरमा एन्टिबडीको मात्रा बढ्दै गएपछि उपचारका लागि प्रधानमन्त्री ओली भदौ ५ गते सिंगापुर प्रस्थान गरेका थिए।

प्रधानमन्त्री ओलीको शरीरमा भएको एन्टिबडीलाई निस्काशन गर्न ७ पटक प्लाज्मा फेरेसिस गर्न आवश्यक भएको चिकित्सकले बताएका थिए। सातौं पटक प्लाज्मा फेरेसिस रिपोर्ट आएसँगै शरीरमा एन्टिबडीको अवस्था जानकारी हुने प्रधानमन्त्रीका निजी चिकित्सकले बताउँदै आएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्