काठमाडौं, १९ भदौ । नेपाल वायुसेवा निगमको वाणिज्य विभागले काठमाडौं–ओसाका–काठमाडौं रुटमा झन्डै दोब्बर सस्तो टिकट पनि बेच्न नसकेपछि वाइडबडीका लागि तोकिएका जापानका चारवटा उडान रद्द गरिएका छन् ।
निगम प्रवक्ता गणेश चन्दका अनुसार भदौ १९ र २६ र असोज २ का तीनवटा दुईतर्फी उडान रद्द गरिएको हो। ‘क ’ जोर लोड भएका कारण साताका तीन दिन हुने उडान दुई दिनमा झारिएको छ, ’ उनले भने, ‘दसैंको सिजन सुरु भएपछि तीन दिन नै उडान हुनेछ।’ निगमले उडान रद्द गरेको कारणसहित जापानस्थित सिभिल एभियसन ब्युरो-जेक्याब’लाई इमेल पठाएको छ। यो समाचार कान्तिपुर दैनिकमा छ ।



लाेकपाटी न्यूज

