नेपालगञ्ज, १८ भदौ। बाँकेको कोहलपुरसम्म रेलमार्ग निर्माणको लागि विस्तृत परियोजना रिपोर्ट (डीपीआर) तयार भइसकेको छ। सीमापारी भारतको रुपैडियाबाट कोहलपुरसम्म झण्डै साढे १८ किलोमटिर लामो दुरीको रेलमार्ग निर्माणको लागि भारतीय पक्षबाट डीपीआर तयार गरिएको हो।
रेल सञ्चालनको लागि नेपालगञ्जको पश्चिम जयसपुर, इन्द्रपुर, गुरुवागाउँ, हवलदारपुर, रझेना हुँदै कोहलपुरसम्म रेलको लिक बिछ्याइने योजना रहेको रेल विभागका वरिष्ठ डिभिजनल इञ्जिनियर तथा प्रवक्ता अमन चित्रकारले बताए।यसअघि भारतको गोरखपुर र गोण्डाका प्राविधिक टोलीले सो रेल सेवा सञ्चालनका लागि सर्वे गरेका थिए। भारत उत्तर प्रदेशका इञ्जिनियर दिनेश कुमार तिवारी र सन्तोष त्रिपाठीले एक महिना लगाएर सर्वेका काम गरेका थिए।
रेल गुड्ने लिकको रेदखाङ्कनको काम सकेर प्राविधिक टोलीले लागत रकम, आवश्यक पर्ने भौतिक संरचना , रेल सेवाले छुने गाउँ तथा बस्तीको पहिचान लगायतका काम शुरु गरिसकेको छ। प्रवक्ता चित्रकारले रेलमार्गको काम दुवै देशका प्राविधिकले आ–आफ्नो देशको सीमासम्म गर्ने बताए। रेल र जाँचचौकी सञ्चालनमा आएमा नेपाल र भारतबीच हुने वस्तु आयात निर्यातमा धेरै सहजता हुने र भन्सारको काम पनि प्रभावकारी तथा व्यवस्थित हुने बताइएको छ।
नौ ववर्षअघि जाँचचौकी निर्माणको योजना तयार गरी कम शुरु गरिए पनि जग्गा अधिग्रहण र तारबार बहेक खासै प्रगति भएको पाइन्न , संघीय आयोजना कार्यान्वयन इकाई नेपालगञ्जका क्ष्न्जिनियर होमनाथ भुसालले भने, ‘जाँचचौकी भारत सरकारले बनाइ दिने हो। हामीले जग्गा मात्र उपलब्ध गराउने भएकाले केही गर्न नसकिएको हो।
बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका–१६ जयसपुरका सो जाँचचौकी निर्माणका लागि करिब ९२ बिघा जग्गा अधिग्रहण गरिएको छ। अधिग्रहण गरिएको कुल जग्गामध्ये ६७ बिघामा कार्यालय, गोदाम लगायतका संरचना निर्माण हुने र २४ बिघा जग्गा बाटोका लागि लागि छुट्याइएको इञ्जिनियर भुसालले बताए।
जाँचचौकी निर्माणका लागि नेपाल सरकारले जग्गा मात्र उपलब्ध गराउने र अन्य काम भारत सरकारले गर्ने सम्झौता भएको छ। अहिले भारत सरकारले आफ्नो क्षेत्रमा एकीकृत जाँचचौकीको संरचना निर्माण प्रक्रिया शुरु गरिसकेको छ।



लाेकपाटी न्यूज

