काठमाडौं, १८ भदाै। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रस्तावित उपाध्यक्ष वामदेव गौतम पनि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न सिंगापुर जाने भएका छन् ।
गौतम बुधबार दिउँसो १ बजे सिंगापुर जाने बताइएको छ । गौतम मङ्गलबार नै पार्टी महासचिव विष्णु पौडेलसँगै सिंगापुर जाने तयारी थियो । तर, गौतमले पार्टीको काम देखाउँदै अन्तिम समयमा सिंगापुर जाने कार्यक्रम रद्द गरेका थिए ।
नेकपा स्रोतका अनुसार प्रधानमन्त्री ओलीले नै गौतमलाई सिंगापुर आउन भनेपछि त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् । ‘प्रधानमन्त्रीज्यूले सिंगापुर आउनुहोस्, सँगै फर्किउँला भन्नुभएपछि गौतमजी पनि आज सिंगापुर जान लाग्नुभएको हो,’ स्रोतले बताएकाे।



लाेकपाटी न्यूज

