एक हप्ताभित्र सुरु हुँदै भरतपुर विमानस्थल विस्तारको काम

Bharatpur Airport pic
लाेकपाटी न्यूज

चितवन, १८ भदौ । भरतपुर विमानस्थल विस्तारको काम एक हप्ता भित्र अगाडि बढाउने भएको छ। कमिटी बनाएर एकहप्ता भित्र विमानस्थल विस्तारको काम अगाडि बढाउने भएको हो।

विमानस्थलको विस्तारको लागि बुधबार भरतपुर महानगरपालिकामा भएको सर्बपक्षीय बैठकले यस्तो निर्णय गरेको हो। नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पर्यटन मन्त्री योगेश भट्टराई, मूख्यमन्त्री डोरमणि पौडेलसहितको सर्बपक्षीय बैठकमा विमानस्थल विस्तारको काम अति आवश्यक भएकाले तीन तहका सरकारको प्रतिनिधिहरुको सहभागीत रहने गरी कमिटी निर्माण गरेर दिएको प्रतिवेदनको आधारमा विस्तारको काम अगाडि वढाउनेछ।

बैठकमा विभागीय मन्त्रालयका मन्त्री भट्टराइले भरतपुर विमानस्थलको स्तर वृद्धि हुन्छ त्यो काम छिट्टै गरिन्छ। विमानस्थलको उत्तर तर्फ रहेको नेपाली सेनाको ब्यारेकलाई उपयुक्त स्थानमा सारेर धावन मार्ग निर्माण गर्ने गरी काम अगाडि वढ्नेछ। पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डको सक्रियतामा रक्षा मन्त्रलाय, विभागीय प्रमूखहरुको सुझावपछि कामलाई अगाडि बढाइने बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्