प्रहरीबाट निर्घात कुटिए कन्टेनर चालक (भिडियोसहित)

kutpit
लाेकपाटी न्यूज

काठमाडौं, १८ भदौ। रसुवाको टिमुरेमा नेपाल प्रहरीबाट एक कन्टेनर चालक निर्घात कुटिएका छन्। बा. ६ ख ४९२५ नम्बरको कन्टेनरका चालक श्रीमान् तामाङ मंगलबार नेपाल प्रहरीबाट कुटिएका हुन्। प्रहरीले तामाङलाई कुटपिट गरेको भिडियो अहिले सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको छ।

भिडियोमा दुई प्रहरीले अश्लील गाली गर्दै चालकमाथि कुटपिट गरिरहेको देखिन्छ। प्रत्यक्षदर्शीले प्रहरीलाई कुटपिट नगर्न आग्रह गरे पनि प्रहरीले उल्टै धम्याएका छन्। कुटपिट गर्ने यी प्रहरी एक जना असई र अर्का हवल्दार रहेको बताइएको छ। उनीहरुको पहिचान भने प्रहरीले गोप्य राखेको छ।

रसुवा प्रहरी प्रमूख भोगेन्द्र पुरुष ढकालले उक्त घटनाको अनुसन्धान थालेको बताएका छन्। उनले यस घटनामा प्रहरी दोषी देखिए कारबाही गर्ने प्रतिबद्धता पनि गरेका छन्। तर प्रहरी प्रभुख ढकालले अव्यवस्थित गाडी हटाउन प्रहरीले आग्रह गर्दा घटना भएको र यसमा चालक स्वयं जिम्मेवार रहेको दबी गरेका छन्।

भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि प्रहरी रवैयालाई लिएर यसको आलोचना भएको छ। ट्यांकर चालकहरूले घटनाको विरोधमा बुधबार सवारी आवागमन बन्द गराउने चेतावनी दिएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्