काठमाडौं, १८ भदौ। देशभरी सामान्य बदली रही धेरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मनसुनी न्यून चापीय रेखा नेपालको पश्चिमी भु-भागमा औसत स्थान भन्दा केहि माथि र अन्य ठाउँमा औसत स्थान आसपास अवस्थित रहेको मौसम विज्ञान विभागले जनाएको छ । साथै बंगालको खाडीको उत्तर–पश्चिमि भागमा एउटा न्युन चापिय प्रणाली बनेको छ।
देशभर सामान्यदेखि पूर्णतया बदलि भई केहि स्थानहरुमा मेघ गर्जनसहित हल्कादेखि मध्ययम वर्षा भईरहेको विभागले जनाएको छ। बुधबार दिउँसो देशभरी सामान्य बदली रही धेरै स्थानहरुमा मेघ गर्जनरचट्टयांगसहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ। देशका थोरै स्थानहरुमा भारि वर्षाको संभावना समेत रहेको पूर्वानुमान विभागले गरेको छ।
राति देशभरी सामान्य बदली रही पश्चिम र मध्यका अधिकांश साथै पुर्वका केहि स्थानहरुमा मेघ गर्जनरचट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। साथै देशभर थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना देखिन्छ ।



लाेकपाटी न्यूज

