वामदेव गौतम पनि आज सिंगापुर जाँदै

Bamdev Gautam ---23
लाेकपाटी न्यूज

 काठमाडौं, १८ भदौ। नेकपाका प्रस्तावित उपाध्यक्ष वामदेव गौतम प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न सिंगापुर जाने भएका छन्। गौतम बुधबार दिउँसो १ बजे सिंगापुर जाने बताइएको छ।

गौतम मङ्गलबार नै पार्टी महासचिव विष्णु पौडेलसँगै सिंगापुर जाने तयारी थियो। तर, गौतमले पार्टीको काम देखाउँदै अन्तिम समयमा सिंगापुर जाने कार्यक्रम रद्द गरेका थिए।

नेकपा स्रोतका अनुसार प्रधानमन्त्री ओलीले नै गौतमलाई सिंगापुर आउन भनेपछि त्यसतर्फ प्रस्थान गर्न लागेका हुन्।