कपिलवस्तु, १७ भदौ । कपिलवस्तुको शुद्धोधन गाउँपालिका ६ वेलभारीया नजिकको नदीमा नुहाउँदा बेपत्ता भएकामध्ये एक बालिकाको शव मंगलबार फेला परेको छ।
सोमबार डुबेका तीन जनामध्ये एक बालिकाको शव बिहान फेला परेको हो भने दुई जना अझै बेपत्ता भएका छन्। बेपत्तको खोजी कार्य जारी छ। बेचनप्रसाद कोहारका १५ वर्षीय छोरी तारा कोहारको शव फेला परेको प्रहरीले जनाएको छ ।
कमलेस कोहारका २५ वर्षीय पत्नी तारामती कोहार र घनश्याम रैदासकी ८ वर्षीय छोरी खुश्वु रैदास अझै बेपत्ता रहेको प्रहरी नायव उपरीक्षक सुनिल मल्लले बताए।



लाेकपाटी न्यूज
