बुटवल, १७ भदौ। अर्घाखाँचीका अज्ञात समूहले वडाध्यक्षको मोटरसाइकलमा आगजनी गरेको छ। जिल्लाको छत्रदेव गाउँपालिका वडा नम्वर ७ का वडाध्यक्ष शोभाकर पाण्डेको लु १ ब १६८८ नम्वरको मोटरसाइकलमा आगजनी भएको अर्घाखाँचीका प्रहरी प्रमुख डिएसपी प्रकाश बिष्टले जानकारी दिए।
आगलागीबाट मोटरसाइकल पूर्णरुपमा जलेर नष्ट भएको छ। वडाध्यक्ष पाण्डे तत्कालीन नेकपा एमालेबाट विजयी भएका हुन्। छत्रदेव गाउँपालिका प्रमुख लेखनाथ पोखरेलले भने, ‘उक्त वडा साविक भवगती गाविस हो, त्यहाँ केही साथीहरु (विप्लवका कार्यकर्ता) हुनुहुन्छ, त्यतैबाट आक्रमण भयो कि भन्ने अनुमान गरिएको छ तर प्रहरीमा अनुसन्धान चलिरहेकोले केही खुलेको छैन।



लाेकपाटी न्यूज
