अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता लैजाने सहमति

usa army
लाेकपाटी न्यूज

एजेन्सी। तालिबान लडाकु समूहसँगको ‘सैद्धान्तिक सहमति’ अनुरुप अमेरिकाले २० हप्ताभित्र अमेरिकी सेना फिर्ता लैजान लागेकोद छ। ५४ सय अमेरिकी सेना फिर्ता लैजान लागेको वाशिङटनका एक उच्च वार्ताकारले बताएका छन्।

अफगान नेताहरूलाई जानकारी गराएपछि जालमाइ खलिलजादले एउटा टेलिभिजन अन्तर्वार्ताका क्रममा बहुप्रतीक्षित सहमतिको विस्तृत विवरण पहिलो पटक सार्वजनिक गरेका हुन्। तर, उनले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सहमतिलाई अनुमोदन गर्नुपर्ने बताएका छन्।

उनको अन्तर्वार्ता प्रसारण भएपछि राजधानी काबुलमा एउटा ठूलो विस्फोट भएको छ। तालिबान समूहले हमलापछाडि आफ्नो हात रहेको जनाएको छ। सैनिक फिर्तीको बदलामा तालिबानले अमेरिका र उसका साझेदारविरुद्ध आक्रमण गर्नेहरूका लागि अब कहिल्यै अफगानिस्तानलाई अखडा बन्न नदिने सुनिश्चित गर्नेछ।

खलिलजादले भने, “यदि सहमति अनुसार शर्तहरूको पालना गरिए हामी पाँचवटा अखडाबाट १३५ दिनभित्र फिर्ता हुनेछौँ।” अफगानिस्तानमा हाल १४ हजार अमेरिकी सैनिक छन्। अफगान राष्ट्रपति अशरफ गनीले कुनै धारणा बनाउनुअघि सम्झौताको अध्ययन गर्ने उनका एक प्रवक्ताले सोमवार बताएका थिए। तालिबान शान्तिप्रति प्रतिबद्ध रहेको कुराको प्रमाण अझै आवश्यक भएको उनले बताए। (बीबीसीबाट)