नवलपरासी, १६ भदाै। नेत्रविक्रम चन्द विप्लव नेतृत्वकाे नेकपाका नवलपरासी जिल्ला सदस्य तथा सुनवल नगरपालिकाका इञ्चार्ज आत्मराम शर्मा जैसीलाई प्रहरीले पक्राउ गरेको छ ।
गत फागुन २९ गते विप्लव समूहले गरेको नेपाल बन्दको पूर्व सन्ध्यामा सरावल गाँउपालिका १ तुल्सीपुरस्थित राजमार्गमा रोकी राखेको ट्रकमा आगो लगाई संगठित मुद्धामा फरार रहेका उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
शनिवार सुनवल भुमहीबाट पक्राउ गरी उनलाई अदालतमा पेश गरिएको र अदालतले तोके बमोजिम धरौटी नबुझाएका कारण कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव उपरीक्षक विरेन्द्र थापाले बताए ।



लाेकपाटी न्यूज

