काठमाडाैं, १६ भदाै। गण्डकी प्रदेश अन्तर्गतकाे स्याङ्जा जिल्लामा सुविधा सम्पन्न खेल मैदान निर्माणकाे काम शुरु हुने भएकाे छ।
जिल्लाकाे पुतलिबजार वार्ड नम्बर चौधस्थित पर्यटन मन्त्रालयद्वारा सूचित नेपालका सयौं पर्यटकीय गन्तव्यमा पर्न सफल सतौ चन्डिस्थान नजिकै रहेको रजस्थल खेल मैदान निर्माणको काम यही आगामी असोजबाट शुरु हुने भएकाे हाे। उक्त खेल मैदान निर्माणकाे काम १४ महिनाभित्र सक्ने योजना रहेको छ।
उक्त निर्माण कार्यलाई गति दिनकाे लागि गत भदाै १४ गतेका दिन वरिष्ठ समाजसेवी नर बहादुर केसीकाे संयाेजकत्वमा रजस्थल खेल मैदानको ७ सदस्य अनुगमन टोली समेत गठन गरिएकाे छ। उक्त 9 A side Football Stadium गण्डकी प्रदेशकै उत्कृष्ट रहने पुतलिबजार नगरपालिका योजना शाखा प्रमूख ताराचन्द्र ढकालको दाबी रहेको छ ।

उक्त खेल मैदान निर्माणका लागि कुल लागत २ करोड माथि लाग्ने, नगरका युवाहरुलाई खेलप्रति प्रेरित गर्न एक वार्ड एक व्यवस्थित खेल मैदान निर्माण गर्ने नगरको योजना रहेको र रजस्थल खेल मैदान यसैकाे निरन्तरता रहेको नगर उपप्रमूख महेस पुरीले जानकारी दिए। हरेक दिन प्राविधिकले अनुगमन गर्ने नगर कार्यपालिकाका इन्जिनियर सबिन श्रेष्ठले जानाकारी दिए। त्यस्तै गुणस्तरीयतामा कुनै पनि प्रकारको सम्झौता नहुने वडाअधक्ष्य शेषराज ढकालको दाबी छ।

युवाहरुलाई खेलकूदमा प्राेत्सोहान गर्दै राष्ट्रिय तथा क्षेत्रीय खेलहरु सञ्चालन गर्न सके ऐतिहासिक र धार्मिक स्थान सतौ चन्डिस्थानको सम्बर्द्धन, प्रबर्द्धन र प्रचारप्रसारमा टेवा पुग्ने र आन्तरिक पर्यटकमा वृद्धि हुने स्थानीय युवा साजन पुरीले जानकारी दिए।
यस्ता छन् खेल मैदानका विशेषताहरुः
– 9A Side Football ground
– Modern washroom – VIP room
– Changing room
– Advanced entrance gate
-Parking Site
– Advanced boundary with Machinery Wall .


लाेकपाटी न्यूज

