काठमाडौँ, १६ भदौ। नेपालका बैङ्कको एटिएमबाट पैसा लुट्ने थप एक चिनियाँ नागरिक त्रिभुवन विमानस्थलबाट पक्राउ परेका छन्। पक्राउ पर्नेमा ३६ वर्षीय सु लुसली रहेका छन्। उनी आइतबार राति पक्राउ परेको प्रहरीले जनाएको छ।
लुसली चीन भाग्ने तयारीमा रहँदा अध्यागमनको सहयोगमा पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए। फरार अन्य दुईको पनि खोजी भइरहेको उनले बताए।
शनिवार राजधानीका विभिन्न बैङ्कको एटिएमबाट रकम निकाल्दै गर्दा पाँच जना चिनियाँ पक्राउ परेका थिए। प्रहरीका अनुसार सोही होटलमै रहेका अन्य तीन जना चिनियाँ भने भाग्न सफल भएका छन्। जस मध्येका एक जना चीन भाग्ने क्रममा विमान स्थलबाट पक्राउ परेका हुन्
उनीहरूको साथबाट १ करोड २६ लाख २९ हजार ४५ रुपैयाँ, ८० हङकङ डलर, १ हजार १ सय ९१ चिनियाँ युआन, ९ हजार १ सय ८ अमेरिकी डलर, ५ हजार कम्बोडियाको मुद्रा र २ सय ५० युरो बरामद भएको प्रहरीले जनाएको छ।



लाेकपाटी न्यूज

