सोमबारको भाग्यफल : यी राशिका लागि शुभ छ

rasifal-5-2
लाेकपाटी न्यूज

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने समय छ। जटिल ठानिएको कामसमेत सम्पादन हुनेछ। ज्ञान र अध्यात्मको भावना जाग्न सक्छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) शुभकार्यको चर्चा चल्नेछ। अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ। पेसा व्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) स्वास्थ्यप्रति सजक रहनु होला। दबाब र तनाव बढेको महसुस हुनेछ। महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ। यात्रामा सावधानी अपनाउनु पर्नेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिंदैन। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। नोकरी गर्नेले मानसम्मान पाउने छन्।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ। लामो समयदेखि रोकिएका अधुरा कामहरु पूरा हुनेछन्। स्वास्थ्य सबल रहनेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ। चिताएको कामले तीव्रता लिनेछ। सामाजिक र धर्मकर्मको क्षेत्रमा मन लाग्नेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आफूलाई कमजोर भएको अनुभूति हुनेछ। आफन्तसँग मनमुटाव बढ्ला। सामान हराउन पनि सक्ने समय छ, सचेत रहनुहोला।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) हर्ष र प्रसन्नताकाबीचमा समय व्यतीत हुनेछ। सम्पत्ति लाभ गर्न अनुकूल प्रयास हुनेछन्। साझेदार वा सहयोगीको सङ्गतले फाइदा हुने काम गरिनेछ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ। बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ। परिवारजनको साथले नयाँ आशा पलाउनेछ। तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्नेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) दबाब र तनाव बढेको महसुस हुनेछ। जिद्दीपनाले गर्दा काम बिग्रने डर छ। कार्य सम्पादनमा समस्या आउला। व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) रोकिएका काम पुनः सुरु हुन सक्छन्। धार्मिक यात्रा गर्ने अवसर प्राप्त हुनेछ। परिवारका सदस्यहरूसित भेटघाट हुनेछ। कसैकसैका लागि सन्तान प्राप्तिको योग छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्