काठमाडौं, १५ भदाै । काठमाडौंबाट कतारको दोहाका लागि उड्न लागेको विमानमा चरा ठोकिएको छ । त्रिभुवन विमास्थलबाट कतारको दोहाका लागि उड्न लागेको कतार एयरवेजको विमानमा चरा ठोकिएपछि केही बेर उडान अवरुद्ध भएको थियो ।
आइतबार मध्यान्ह १२ बजेर १० मिनेटमा कतारबको दोहा उड्ने तयारीमा रहेको कतार एयरवेजको विमानमा चरा ठोकिएको हाे। धावन मार्गमा रहेको कतार एयरवेजको क्युआर ६४५ विमानमा चरा ठोक्किएपछि उडान रद्द गरिएको थियो ।
चरा ठोक्किए लगत्तै जहाज ग्राउन्डेड गरी कतार एयरवेजकै इन्जिनियरहरुले प्राविधिक जाँच गरेको विमानस्थलका राजकुमार क्षेत्रीले जानकारी दिए ।
जहाजको इन्जिनमा चरा ठोक्किएको विमानस्थलले जनाएको छ । इन्जिनमा चराको पखेटा र रगत लतपतिएको भेटिएपछि विमान ग्राउन्डेड गराइएको छ ।विमानस्थलबाट अन्य उडान भने सुचारु भएको छ ।



लाेकपाटी न्यूज
