गाैहत्या प्रकरणः घटनाकाे छानविन गर्न गृह मन्त्रालयद्वारा समिति गठन

cow-death_
लाेकपाटी न्यूज

काठमाडाैं, १४ भदाै। सरकारले गाई–गोरु मारिएको घटनाकाे छानविन सुरु गरेको छ । घटनाका दाेषी पत्ता लगाएर कारवाही गर्न भन्दै गृह मन्त्रालयले समिति बनाएरै छानविन प्रक्रिया अघि बढाएकाे हाे।

नेपालगञ्जको काञ्जी हाउसबाट दैलेखको श्रीनाथ लैजान भन्दै पठाइएका १८ गाई र ६ गोरु सुर्खेतको वीरेन्द्रनगर ११ स्थित ब्यूरेनी खोलामा मृत भेटिएका थिए । १ सय ४४ गाई, गोरु र बाच्छा–बाच्छी त्यहीँ छाडिएका थिए । यो घटनालाई लिएर चौतर्फी विरोध भइरहेको छ ।

मन्त्रालयले उपसचिव सागरमणि पाठकको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरिएको जानकारी गराएको छ । शनिबार विज्ञप्ति निकालेर मन्त्रालयले गौहत्यामा संलग्नलाई कानून बमोजिम हदैसम्म कारबाही गरिने बताएको छ ।

समितिलाई १५ दिनभित्र घटनाबारे अध्ययन गरी संलग्नहरुलाई कानूनी कारबाहीको सिफारिस गर्न कार्यादेश दिइएको छ । गाई गोरु छाड्ने पाँच ट्रक र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले गौहत्यामा संलग्नलाई कारबाही गर्ने बताए । ‘मन्त्रालय यो घटनाप्रति गम्भिर छ,’ उनले भने, ‘हामीले छानविन समिति बनाएका छौं, समितिले १५ दिनभित्र घटनाबारे विस्तृतमा छानविन गर्छ, दोषी पत्ता लगाउँछ र कारबाहीको सिफारिस गर्छ ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्